ईन्जुरी समयमा श्रीलंकाले गोल गर्दा नेपालले अंक बाडन बाध्य

ईन्जुरी समयमा श्रीलंकाले गोल गर्दा नेपालले अंक बाडन बाध्य

भक्तपुर। १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) अन्तरगतको दोस्रो खेलमा नेपालले बराबरी खेलेको छ। बुधबार दशरथ रंगशालामा भएको नेपाल र श्रीलंकाबीचको खेल १–१ को बराबरीमा सकिएको हो। नेपालले आफ्नो अग्रता ९० मिनेटको ईन्जुरी समयमा श्रीलंकाले फ्रिकिक मार्फत गोल गर्दा गुमाउन पुगेको थियो भने श्रीलंकाले गोल गर्दै खेललाई बराबरीमा ल्याएको हो।

नेपालले पहिलो हाफमा अग्रता लिएको थियो। नेपालका लागि कप्तान सुजल श्रेष्ठले ३५ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै अग्रता दिलाएका थिए। नेपाली खेलाडीलाई डि बक्स भित्र लडाएपछि नेपालले पेनाल्टीको अवसर पाएको थियो। तर श्रीलंकाका खेलाडीले ९० औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *