गायक राम कृष्ण ढकालले गरे श्रीमती निलम संग सम्बन्ध बिच्छेद

गायक राम कृष्ण ढकालले गरे श्रीमती निलम संग सम्बन्ध बिच्छेद

भक्तपुर । चर्चित गायक रामकृष्ण ढकालको श्रीमती निलम शाह ढकालसँग सम्बन्धबिच्छेद भएको छ। रामकृष्ण र निलमले बुधबार जिल्ला अदालत काठमाडौंमा गएर सम्बन्ध विच्छेद गरेका हुन्। मंगलबार निलमले अदालतमा सम्बन्ध विच्छेद गरी पाऊँ भनी निवदेन दिएकी थिइन्। निलमले मंगलबार निवदेन दिएपछि बुधबार रामकृष्णले पनि आफू सम्बन्ध विच्छेद गर्न सहमत भएको अदालतलाई बताएका थिए। जिल्ला अदालतका न्यायाधीश विदुर कोइरालाको इजलासले उनीहरूबीच सम्बन्धबिच्छेद भएको निर्णय सुनाएको हो। श्रेस्तेदार आनन्द श्रेष्ठका अनुसार उनीहरु कानुनी रुपमा नै अलग हुन सहमत भएका हुन्। निर्णय अनुसार निलमले रामकृष्णबाट कुनै सम्पत्ति लिने छैनन् भने छोरी रानी निलमसँगै रहनेछिन्। रामकृष्ण र निलमको १७ वर्षअघि प्रेम विवाह भएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *