कार्की केटा सङ्ग आफ्नो थर ढाँटेर प्रेम बिबहा गरेकी संगीताको वास्तविकता थाहा भए पछि गयो ज्यान

कार्की केटा सङ्ग आफ्नो थर ढाँटेर प्रेम बिबहा गरेकी संगीताको वास्तविकता थाहा भए पछि गयो ज्यान

उदयपुर, २५ पुष । आफ्नो थर ढाँटेर कार्की थरका युवकसंग प्रेम विवाह गरेकी संगीता विश्वकर्माले ज्यान गुमाएकी छन् । आफुलाई मगर बताउँदै संगीताले कटारी नगरपालिका ४ सिम्लेका युवराज कार्कीसंग प्रेम विवाह गरेकी थिइन् । संगीता उदयपुरको उदयपुरगढी गाउँपालिका ५ बाहुनीटारकी हुन् । १७ वर्षीया संगीता र प्रेम टेलिफोन संवादका क्रममा प्रेम भएको थियो । उनले आफुलाई मगर बताएकी थिइन् ।लामो समयको प्रेम पछि संगीताले नै विवाहको प्रस्ताव गरेकी थिइन् । उनीहरुले २०७४ असार ३० गते विवाह गरेर काठमाडौं आएका थिए । काठमाडौंको गाडीमा चढेपछि संगीताले घरमा फोन गर्दै ‘मलाई नखोज्नू म विवाह गरेर काठमाडौं पुगें’ भनिन्। टेलिफोन सम्वादकै क्रममा युवराजले उनी विश्वकर्मा थरकी छोरी हुन् भन्ने पत्तो लगाएपछि घ ट नाले अर्कै मोड लियो । काठमाडौं पुगेर केही दिन बसेपछि युवराजले संगीतालाई घरमा पठाए । आफुभने केही दिन पछि आउँछु भने । यता छोरा नआई बुहारी नस्वीकार्ने भन्दै परिवारले संगितालाई घर भित्र पस्न दिएनन् । भोलिपल्ट युवराज आएपछि घर भित्रिइन् संगीता। परिवारका सदस्यले दलितकी छोरी भन्ने थाहा पाएपछि उनको ह त्या गरियो । । कटारी नगरपालिका ४ सिम्लेको गाउँनजिकको मरुवा जंगल निकै ग न्हाएपछि गाउँलेले सोधी खोजी गरे । प्रहरीको सहयोगमा जंगलमा गएर हेर्दा एउटा सडेगलेको अवस्थामा आ त्म ह त्या गरिएको जस्तो श व भेटियो । अनुहारमा ए सिड छ र्किएर नचिनिने भएको युवतीको श व आ त्म ह त्या नभई ह त्या हो भन्ने निष्कर्षमा प्रहरी पुगेको थियो । नजिकैको इलाका प्रहरी कार्यालय कटारीले घ टना को अनुसन्धान गरेको थियो । अनुसन्धानको क्रममा नजिकमा युवतीले बोक्ने झोला र त्यसभित्र मोबाइलको सिम फेला पारेपछि संगीताको बारेमा थाहा भएको थियो । घटनापछि युवराजका परिवार फ रार थिए । झन्डै दुई वर्षको अनुसन्धानपश्चात प्रहरीले ह त्या भएको भन्दै गएको २०७६ मंसिर २२ देवर सुजन कार्कीलाई पक्राउ गरेपछि घ टना खुलेको हो । अनुसन्धानका क्रममा सुजनले भाउजुले थर ढाँटेपछि परिवारका सदस्यले योजना बनाएर ह त्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । कटारीबाटै सुजनलाई निय न्त्रण मा लिएर गरिएको अनुसन्धानपछि उनका बुबा र दाजुलाई पनि काठमाडौंको कपनबाट गएको २०७६ मंसिर २३ गते निय न्त्र णमा लिइएको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *