टिकटक काण्ड – श्रीमती बेपत्ता श्रीमान रुँदै फर्कन अनुरोध ; अपहरणमा परेको आशंका

टिकटक काण्ड – श्रीमती बेपत्ता श्रीमान रुँदै फर्कन अनुरोध ; अपहरणमा परेको आशंका

एजेन्सी । चितवनको चर्चित टिकटक काण्डमा नयाँ खुलाशा भएको छ। सिमरन भारतको कानपुरमा बस्दा त्याहांका एक जना युवाले सिमरनको घर अगाडी आएर पटक-पटक ब्ल्याक मेल गरेको र सिम्रनको लागि आफुले धेरै पैसा खर्च गरेको अब त्यसलाई उठाएर लैजाने बताउँदै आएको कुरा सिम्रनका ससुराले खुलाएका छन। त्यस्तै उक्त केटालाई ससुरा र बुहारीको २ वटा औंठी बेचेर २० हजार रुपैयाँ तिरेको बताएका छन। आफुले पहिले बुहारीलाई छोरीको जस्तै माया दिंदा पनि उनले माया चिन्न नसकेको र पटक पटक फोनमा धेरै मान्छे संग बोल्ने नगर भन्दा नमानेको कारण र भारतमा छिमेकिको अगाडी बेइज्जत हुने साथै बुहारीको जीवन रक्षा गर्न नेपाल पठाएको बताएका छन।

सिम्रन परिवारवाट सम्पर्क विहिन भएको १९ दिन पुगीसकेको छ । धेरै समय भारतमा बसेका सिम्रन र उनका पति दुई महिना अघि मात्र नेपाल आएका हुन् । उनका श्रीमानले सिम्रन अत्याधिक मोवाइलमा भुल्ने र आफुले भन्दा पनि नमान्ने गरेको बताएका छन् । मोवाइलमा धेरै भुल्ने गरेका कारण उनीहरुकाबीच बेलाबेलामा झगडा समेत हुने गरेको थियो ।

परिवारका सदस्यहरुले सिम्रन जहा भएपनि आफु यहाँ छु भनेर जानकारी मात्र गराए पनि आफुहरुले अब केही नभन्ने बताएका छन् । उनीहरुले उनी जोसंग बस्न चाहन्छिन् उसैसंग बस्न दिने पनि ससुराले बताए । सिम्रन पुषको १४ गतेवाट परिवारको सम्पर्कमा छैनन् । सम्पर्क विहिन हुनु अघिल्लो दिन पनि श्रीमान श्रीमतीका बिचमा मोवाइलमा धेरै भुल्ने गरेकै कारण सामान्य विवाद भएको श्रीमानले बताएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *