आमाले गरिन सहयोगको अपिल, छोरा दुवै मृगौला पीडित

आमाले गरिन सहयोगको अपिल, छोरा दुवै मृगौला पीडित

ललितपुर / छोराको दुवै मृगौला फेल भएपछि उपचारका लागि आमाले अपिल गरेकी छन् । श्रीमानको पनि जन्डिस लागेर मृत्यु भएको १८ बर्षको पीडा खेपेकी आमा पन्च माया लिम्बू माथि यतिबेला बज्रपात परेको छ । कमाई गर्ने उमेरको लक्का जवान छोराको दुवै मृगौला फेल भएपछि उनी यता न उति भएकी छन्।

तेह्रथुम जिल्ला घर भई हाल ललितपुरस्थित बालकुमारी,०९ मा बस्दै आएकी २०७६ साल साउन महिनामा मात्र उनलाई थाहा भयो कि छोराको दुबै किड्नी फेल भएको भनेर । श्रीमानको मृत्यु भएको पीडा त छदैछ लक्का जवान जेठा छोरा पनि दुवै मृगौला फेल भएर मृत्युसँग संघर्ष गरिरहेका छन् ।

डाक्टरले चाडो भन्दा चाडो ट्रान्सप्लान्ट गर्नु भनेको छ । म सङ्ग पैसा छैन,भएको जति सबै पैसा उपचारमै सकिसक्यो अहिले त भाडा नतिरेको पनि ६ महिना भईसक्यो उपचारको लागी अझै १५ लाख रुपैयाँ लाग्छ,भावुक हुँदै दुख व्यक्त गर्छिन पन्च माया लिम्बु । आर्थिक अवस्था निकै नाजुक रहेको लिम्बू परिवार अहिले हप्ताको २ चोटि सुमेरु हस्पिटलमा डाइलोसिस गर्दै आईरहेको छ । आफन्तहरु बाट पनि कतैबाट सहयोग नभएको हुनाले छोराको उपचारमा लाग्ने खर्च देश बिदेशमा रहनु भएका सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले सहयोग गरे छोरालाई बचाउने अन्तिम आश र सास बाकी छ,भन्दै मिडिया आईन र सहयोगको लागी हृदयदेखि नै अपिल गरेकी छिन पन्च माया लिम्बुले ।

एउटी पिडामा रहेकी आमालाई सहयोग गर्न तपाईहरुले उहाँलाई सिधा सम्पर्क गर्न सक्नु हुनेछ ।
सम्पर्क नम्बर:९८४१२३९३०४,९८६०५६३५७७(पन्च माया लिम्बु) भिडियो लिन्क:

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *