आस्था राउतलाई ४ दिन हिरासतमा राख्न अदालतको आदेश

आस्था राउतलाई ४ दिन हिरासतमा राख्न अदालतको आदेश

काठमाडौं । गायिका आस्था राउतलाई प्रहरीले ४ दिन हिरासतमा राख्ने भएको छ ।

काठमाडौं प्रहरी परिसर, टेकुले जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमार्फत म्याद थपका लागि प्रशासनमा अनुरोध गरेको थियो । त्यसको सुनुवाई गर्दै जिल्ला प्रशासन कार्यालय (जिप्रका)ले गायिका राउतलाई ४ दिन थुनामा राख्न अनुमति दिएको हो ।

केही समय अघि राउतले महिला प्रहरी जवानले आफूमाथि दुव्र्यवहार गरेको भन्दै आफ्नो फेसबुक पेजमा प्रहरी संगठन माथि नै लाईभ आएर आक्रोश पोखेकी थिइन् । भिडियो सार्वजनिकपछि महिला प्रहरी जवानले प्रहरीमा उजुरी दिएकी थिइन् ।

केही समय देश बाहिर कार्यक्रममा व्यस्त राउतले सोमबार बिहान प्रहरी समक्ष आत्मसमर्पण गरेकी थिइन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *