नशाको सुरमा आफ्नै ७ बर्षिया छोरिलाई बलात्कार गर्ने बुबा पक्राउ

नशाको सुरमा आफ्नै ७ बर्षिया छोरिलाई बलात्कार गर्ने बुबा पक्राउ

दमक– आफ्नै ७ वर्षीया छोरीलाई करणी गरेको अभियोगमा झापाको कानकाई नगरपालिका–१ निवासी एक व्यक्ति पक्राउ परेका छन् । मादक पदार्थ सेवन गरी छोरीलाई करणी गर्ने ३० वर्षीय पुरुषलाई पक्राउ गर्दै मङ्गलबार हाडनाता करणी मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ  । प्रहरीका अनुसार बालिकाकी आमा केही वर्षअघि अर्कैसँग भागेर गएपछि बालिका हजुरबुबा र हजुरआमाको संरक्षणमा बस्दै आएकी थिइन् । हजुरआमासमेत शारीरिकरूपमा अशक्त रहेको अवस्थामा हजुरआमासँग सुतिरहेकी छोरीलाई आफूसँग सुत्न बोलाएर करणी गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका पुरुषलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *