कार्यक्रममा कलाकारहरुको लागि स्वास्थ्य शिविर संचालन गरिने

कार्यक्रममा कलाकारहरुको लागि स्वास्थ्य शिविर संचालन गरिने

काठमाडौँ / राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय ललितपुर समितीले स्वास्थ्य शिविर, रक्तदान तथा बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । सो कार्यक्रम आगामी फागुन १७ गते शनिबार ललितपुरस्थित जावलाखेलको खेल मैदानमा गर्ने भएको हो ।

‘हाम्रो अभियान अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन’ भन्ने मुलनाराका स्थापित ललितपुर प्रतिष्ठानले कलाकारहरुको नाक, कान, घाटी जाँच गर्ने आयोजकले जनाएको छ । उक्त स्वास्थ्य शिबिर रक्तदान कार्यक्रममा अल्का अस्पताल प्रा.लि.ले डाक्टर तथा चिकित्सकहरु उपलब्ध गराई सहयोग गर्ने भएको छ ।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय ललितपुर समिती आयोजक रहने छ भने उपत्यका समन्वय समिती अन्तर्गतका ९ वटै समिती सहयोजकको रुपमा रहने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय ललितपुर समितीका अध्यक्ष सुजन बराईलीले जानकारी दिए ।

त्यस्तै हरेक कलाकारहरुको स्वास्थ्यमा उत्तारचढाव आईरहने भएको हुँदा कलाकारहरुको नाक कान, घाटी जाँच संगै बृहत साँस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको पनि बराईलीले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *