नयाँ गीत बजारमा ल्याउन तीब्र तयारी गर्दै, क्षितिज सलामी मगर

नयाँ गीत बजारमा ल्याउन तीब्र तयारी गर्दै, क्षितिज सलामी मगर

काठमाडौं / लोक दोहोरी गायक क्षितिज सलामी मगरको प्रस्तुतीमा होमराज सुनामको उत्कृष्ट लय, शब्द अनि सृजनामा रहेको नयाँ गीत “टल टल टल्किने ऐना” केहि दिनमा भिडियो सहित बजारमा आउने भएको छ । यस गीतमा क्षितिज सलामी मगर र देबी घर्तीको स्वर रहेको छ ।

चर्चित निर्देशक शिब बिकको निर्देशनमा रहेको सो गीतमा ज्ञानेन्द्र शर्माले छायांकन गरेका हुन् । उक्त गीतको भिडियोमा दुर्गेश थापा र अञ्जली अधिकारीको दम्दार अभिनय रहेको छ । सो गीतको म्युजिक भिडियो चाडैं नै दर्शक श्रोताहरुले हेर्न र सुन्न पाउने निर्माण पक्षले जानकारी गराएको छ ।

आफु जहाँ भएता पनि नेपाली माटो र नेपाली गीत संगीतलाई नबिर्सने साथै नेपाली साङ्गीतिक क्षेत्रलाई निरन्तरता दिई रहने कुरामा क्षितिज सलामी मगरले बिश्वस्त दिलाए । छिट्टै बजारमा सार्वजनिक हुने “टल टल टल्किने ऐना” नामक गीत युवराज मगरको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक हुदै छ … प्रतिक्षा गर्नूहोला ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *