नवनियुक्त अध्यक्ष भरत कुमार पराजुली (राजेश),लाई स्वागत गरे ललितपुर जिल्ला खेलकुद विकास समितिले,

नवनियुक्त अध्यक्ष भरत कुमार पराजुली (राजेश),लाई स्वागत गरे ललितपुर जिल्ला खेलकुद विकास समितिले,

ललितपुर । ललितपुर जिल्ला खेलकुद विकास समितिको भवन प्रयागपोखरीमा नवनियुक्त अध्यक्ष भरत कुमार पराजुली (राजेश) सहित दिपेन्द्र श्रेष्ठ, केशब देसार, बिमला आचार्य, रितु घलानले आज एक समारोहका बिच पदभार ग्रहण गरेका छन् ।

पदभार ग्रहण पछि उक्त कार्यक्रममा बोल्दै नवनियुक्त अध्यक्ष पराजुलीले हिजोका राम्रा कुराहरुको अनुसरण गर्दै थप कुराहरुमा अरुले दिएको सल्लाह तथा सुझावलाई आफुले सिरोपर गर्ने बताए । सकेसम्म आलोचना नहुने सकारात्मक पहलको पक्षपाती भएर काम समेत गरेर देखाउँने प्रविद्धता उनको रहेको थियो । ललितपुरको ठूलादुर्लङ, गिम्दीका खेलाडीप्रति लिएको नीति ललितपुरको कुपण्डोलमा उचित नहुने बताउँदै उनले भने, ‘ललितपुर खेलाडीहरुको उर्भर भूमि हो । खेलाडीहरुको हितको लागि आफू दिनरात लाग्नेछु ।’ अध्यक्ष पराजुलीले निवर्तमान कार्यालय प्रमुख सुजन खतिवडाको विदाई गरी नवआगन्तुक कार्यालय प्रमुख कृष्णराज खनालको स्वागत समेत गरे ।

सो बागमती प्रदेश खेलकुद विकास परिषदको बोर्ड सदस्य धनकुमार मैनालीले बागमती प्रदेश खेलकुद प्रतियोगिता चैत २१ गतेदेखि चैत्र २८ गतेसम्म हेटौडा र चितवन हुने जानकारी दिएका थिए । उनले सो अवसरमा प्रशिक्षक, खेलाडी र रेफ्रीहरुको भत्ता १४ सयबाट २ हजार पु¥याएको बताए ।

सो कार्यक्रममा बागमती प्रदेश खेलकुद विकास परिषदको बोर्डहरु धनकुमार मैनाली, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, कराते महासंघको उपाध्यक्ष पुरेन्द्र विक्रम लाखे, नेपाल पत्रकार महासंघ ललितपुरका अध्यक्ष ज्ञानप्रसाद पौडेल लगायतका खेलसँग सम्बन्धित विभिन्न व्यक्तित्वहरु सहित प्रशिक्षक र कर्मचारीहरुको उपस्थिति थियो ।

कार्यक्रम बरिष्ठ बक्सिङ प्रशिक्षक मदन गुरुङको सभापतित्वमा सम्पन्न भएको थियो भने अध्यक्ष पराजुलीले समितिले तत्काल गर्न लागेका तीन वटा कार्यक्रमको घोषणा समेत गरेका छन् । जस अन्तर्गत चैत १२, १३ र १४ गते जिल्ला स्तरिय छनोट प्रतियोगिता गर्ने, बैशाख पहिलो हप्ता रास्ट्रपति रनिङ्ग शिल्ड,जिल्ला स्तरिय छनोट प्रतियोगिता गर्ने र दक्षिण एशियाली खेलुकुद प्रतियोगितामा पदक बिजेता खेलाडी, प्रक्षिक र रेफ्रीहरुलाई सम्मान कार्यक्रमको आयोजना गर्ने उनको घोषणा थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *